विदेश

चीनियाँ कम्युनिष्ट पार्टीको १९ औं बैठक आजबाट, को बन्ला सर्वोच्च नेता

चीनियाँ कम्युनिष्ट पार्टीको १९ औं बैठक आजबाट, को बन्ला सर्वोच्च नेता


बेइजिङ। चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं कंग्रेस बैठक आजबाट शुरु हुने भएको छ ।

कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा शुरु हुने कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।

कंग्रेसले आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन र भावी रणनीति तय गर्नेछ । बैठकले २ सय केन्द्रीय समिति र २४ सदस्यीय पोलिटब्यूरोसमेत चयन गर्नेछ ।

चयन भएको पोलिटब्यूरोले ७ सदस्यीय स्ट्यान्डिङ कमिटी बनाउने छ । एक सातासम्म चल्ने कंग्रेस बैठकले राष्ट्रपति सी चिनफिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गर्ने सम्भावना रहेको बताइएको छ ।

विशेष