News

लक्ष्मीपूजाको भोलिपल्ट अलैंची जलाउनुहोस् दुःख भगाउनुहोस्

लक्ष्मीपूजाको भोलिपल्ट अलैंची जलाउनुहोस् दुःख भगाउनुहोस्

एजेन्सी । दीपावलीको सप्ताह निकै शुभकारी मानिन्छ । किनभने यही समयमा लक्ष्मीको जन्म र लक्ष्मीले विष्णुलाई अफ्नो पतिको रुपमा स्वीकार गरिन् । राम र पाण्डवको वनवास पनि ठिक यही समयमा सकिएको थियो । त्यसकारण यो अवसरमा धेरै लाभ लिन सकिने विश्वास रहेको छ ।

लक्ष्मीपूजाको भोलिपल्ट शुक्रबार परेको छ । शुक्रबारको दिन शुक्र ग्रहलाई बलियो बनाउन अलैंचीको प्रयोग गर्न सकिन्छ । अलैंची आकारमा सानो भएपनि यसको उपायले धेरै लाभ लिन सकिन्छ ।

आजको दिन अलैंची लिएर घर भित्र तीन चक्कर लगाउनुहोस् । तीन चक्कर लगाएपछि आफ्नो पूजाकोठामा गएर बस्नुहोस् र ‘ओम श्रीं श्रीयै नमः’ भन्ने मन्त्रलाई सात पटक जप्नुहोस् । मन्त्र जप्नेबेलामा अलैंची हातमा राखेर आफ्नो जति पनि समस्या छन् ती समस्या अलैंचीलाई तीन पटक सुनाउनुहोस् । यति गरेपछि अलैंची कचौरामा राखिदिनुुहोस् । एउटा कुरा ख्याल गर्नुहोस् कि तपाइले आफ्नो इच्छा होइन आफ्ना समस्याबारेमात्र अलैंचीलाई बताउनुपर्ने हुन्छ ।

त्यसपछि कचौरामा राखिएको अलैंची जलाउहोस् । जलाउन कपुरको प्रयोग पनि गर्न सकिन्छ । अलैंची जलेपछि त्यसबाट आएको खरानीलाई पिपलको बोट मुनि राखिनुपर्छ । यदि पिपलको रुख छैन भने त्यसलाई अन्य कुनै पनि रुख मुनि राख्न सकिन्छ । ठूलो रुख पनि छैन भने तुलसीको बोट मुनि लगेर राख्नुहोस् ।
जसरी अलैंची जल्छ त्यसैगरि तपाईको जीवनका समस्या पनि त्यही खरानीसँगै तपाईंको जिन्दगीबाट टाढा जान्छ र जीवनमा खुशीयाली छाउँछ । यो विधिलाई लक्ष्मी पूजाको दोस्रो रात अर्थात आज बेलुकी राति आठ बजे पछि गनुपर्छ ।

विशेष