News

भूकम्पपछि सिन्धुपाल्चाेकमा अर्काे बज्रपात, आगलागीबाट रू छ लाख बराबरको क्षति

भूकम्पपछि सिन्धुपाल्चाेकमा अर्काे बज्रपात, आगलागीबाट रू छ लाख बराबरको क्षति

चाौतारा । लाक्ष्मीपूजामा बालेको मैनबत्तीबाट फैलिएको आगोले सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका – ७ सानुसिरुवारीको मगुवामा एक घर ध्वस्त भएको छ ।

पसल रहेको घरमा हिजो बेलुका दीपाबली गरी अर्को घरमा खाना खान गएको समयमा पसलमा रहेका लत्ता कपडा, सामान तथा नगद रू दुई लाख ५० हजारसहित करिब रू ६ लाख बराबरको सामान जलेर नस्ट भएको पीडित संगम थापामगरले बताए ।

भूकम्पपछि रु दुई लाख ऋण गरेर बनाएको टहरासहित सम्पूर्ण सामान ध्वस्त हुनुका साथै ग्यास सिलिण्डरसमेत विष्फोट भएको थियो । 

विशेष