News

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

ज्येष्ठ नागरिकलाई वडामै बैंकले भत्ताको रकम उपलब्ध गराउने

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा लामबद्ध भएर लाइनमा बस्नु नपर्ने भएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्ग, एकल महिलाले पाएका सास्तीलाई मध्यनजर गर्दै नगरपालिकाले वडामा नै बैंकका कर्मचारी खटाएर भत्ता वितरण गर्ने तयारी गरेको हो ।

वडा नं १८ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले नगरका बासिन्दालाई सहजरूपमा सामाजिक सुरक्षा भत्ता वडा–वडाबाटै वितरण गर्ने निर्णय गरेको जानकारी दिए ।

स्थानीय कुमारी विकास बैंक, साझा विकास बैंक र कञ्चन डेभलपमेन्ट बैंकले उक्त नगरपालिकाको भत्ता वितरणको जिम्मेवारी लिएका छन् । तिनै बैंकका प्रतिनिधि वडाबाट भत्ता वितरणमा सहमत भएका हुन् ।

विशेष