विदेश

सरकारी कार्यालय भवनको छाना खस्दा भारतमा आठ जनाको मृत्यु

सरकारी कार्यालय भवनको छाना खस्दा भारतमा आठ जनाको मृत्यु

नयाँ दिल्ली । दक्षिणी भारतको तामिल नाडू राज्यमा अवस्थित यहाँको यातायात कार्यालय भवनको छाना खस्दा शुक्रबार बिहान आठ जनाको ज्यान गएको समाचार छ ।

चेन्नईबाट करिब ३१२ किलोमीटर टाढा रहेको नागापट्टिनाममा रहेको सो राज्यको राज्य सरकारको यातायात निगम कार्यालय भवनको छाना खसेको र यसमा परी आठ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

मृत्यु हुने सबैजना सोही कार्यालयका कर्मचारी रहेका बताइएको छ । उक्त भवनको छाना शुक्रबार बिहानी पख करिब साढे तीन बजे अकस्मात खसेको थियो । त्यस समयमा ती व्यक्तिहरु सोही कार्यालयमा सुतेका थिए ।

त्यसमा परी अरु तीन जना घाइते भएका छन् । गम्भीर घाइते उनीहरुलाई भत्किएको सो भवनको भग्नाबशेषबाट उद्वार गरेर अस्पताल भर्ना गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार सो भवन किन भत्कियो भन्ने बारेमा प्रहरीले अनुसन्धान थालेको छ । भारतमा यसरी भवन भत्किने घटना दोहोरिइरहेका पाइन्छन् ।

New Delhi

विशेष