News

खोलाले बगाएर बालकको मृत्यु

खोलाले बगाएर बालकको मृत्यु

नुवाकोट । पौडी खेल्ने क्रममा तादी खोलाले बगाएर सात वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुप्चेश्वर गाउँपालिका–३ राउतबेँसीका डुबसङ मोक्तान रहेका छन् ।

समुन्द्रटारस्थित तादी खोलामा साथीसँग पौडी खेल्न गएका मोक्तानको खोला छेउमा रोकिराखेको बा४ख ६३१३ नंं को मिनीट्रक धुने क्रममा बिहीबार बगाएका थिए । खोजी गर्ने क्रममा आज उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश भट्टराईले जानकारी दिए ।

शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

विशेष