विदेश

बिल क्लिन्टनसँग नाम जोडिएकी मोनिका पनि ‘मी टू’ अभियानमा

बिल क्लिन्टनसँग नाम जोडिएकी मोनिका पनि ‘मी टू’ अभियानमा

वासिंटन । यौन दुर्व्यवहारमा परेका महिलाले चलाएको ‘मी टू’ अभियानमा मोनिका लेवेन्स्की पनि जोडिएकी छन् ।

मोनिका अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनसँग प्रेमसम्बन्धका कारण चर्चामा आएकी थिइन् भने यही प्रकरण मै क्लिन्टनविरुद्ध संसदमा महाभियोगसम्मको प्रक्रिया चलेको थियो ।

क्लिन्टनसँगको प्रेमसम्बन्ध सार्वजनिक भएपछि तात्कालीन समयमा ह्वाइटहाउसमा कार्यरत २४ वर्षीया मोनिकाले निकै अपमानपूर्ण र कष्टकर अवस्था झेल्नु परेको थियो । लामो समयदेखि गुमनाम जीवन बिताइरहेकी मोनिका अहिले भने यौन उत्पीडनविरुद्ध इन्टरनेटमा चलाइएको ‘मी टू’ अभियानमा जोडिन आइपुगेकी हुन् ।

ट्वीट गर्दै अभियानमा समर्थन जनाए पनि मोनिकाले आफ्नो अनुभव भने सार्वजनिक गरेकी छैनन् । सन् १९९८ मा क्लिन्टनसँगको मामला सार्वजनिक भएलगत्तै मोनिकामाथि ‘चरित्रहीन’ भएको आरोपसमेत लागेको थियो । हाल मोनिका अनलाइन उत्पीडन र साइबर बुलिंग पीडितका लागि काम गरिरहेकी छन् ।

हलिउड फिल्मका निर्माता हर्वी वाइनस्टीनको सेक्स स्कैंडल सार्वजनिक भएपछि विश्वभर ‘मी टू’ अभियान चलाइएको छ । यूनिसेफका अनुसार संसारमा एक करोड बीस लाख महिला कुनै न कुनै रुपमा यौन दुर्व्यवहारको शिकार भएका छन् ।

विशेष