विदेश

११ वर्षे गीतान्जली अमेरिकाकै योङ साइन्टिस्ट बन्दै प्राप्त गरिन २५ हजार डलर पुरस्कार

११ वर्षे  गीतान्जली अमेरिकाकै योङ साइन्टिस्ट बन्दै प्राप्त गरिन २५ हजार डलर पुरस्कार

वासिंटन। अमेरिकामा बस्दै आएकी भारतीय मूलकी ११ वर्षीया बालिका गीताञ्जली राव अमेरिकाकै योङ साइन्टिस्ट बन्न सफल भएकी छन् ।

गीताञ्जलीले पानीमा सीसाको प्रदूषण पत्ता लगाउने सस्तो र नयाँ तरिका पत्ता लगाएकी हुन् । उनले बनाएको उपकरण कार्बन नैनोट्युब्सले पानीमा सीसा भए-नभएको पत्ता लगाउने छ ।

अब उनले विज्ञानको क्षेत्रमा आफ्नो विचार विकसित गर्न तीन महिना शीर्ष वैज्ञानिकहरुसँग बसेर अनुसन्धान गर्ने मौका पाएकी छन् । अमेरिकाका हजारौं जलसम्पदा सीसाका कारण प्रदुषित बनिरहेका बेला उनले बनाएको उपकरणले पानीमा सीसाको प्रदूषण कम गर्न सहयोग पुग्ने देखिएको छ ।

उनले पत्ता लगाएको विधिअनुसार मोबाइलमा उक्त उपकरण जडान गरी पानीमा राखेर सीसाको मात्रा पत्ता लगाइने छ । उनले सो खोज अमेरिकाको मिशिगन प्रान्तको फिलन्ट शहरमा सन् २०१५ र १६ मा भएको जल प्रदूषणबाट प्रेरित भई गरेको बताएकी छन् ।

विशेष