यस्तो छ बाराक ओबामाले पूर्व प्रेमीकालाई लेखेको पत्र

यस्तो छ बाराक ओबामाले पूर्व प्रेमीकालाई लेखेको पत्र

एजेन्सी । बाराक ओबामा आफ्नो राष्ट्रपति कार्यकालका योजनाका कारण धेरै लोकप्रिय छन् ।

उनकोे वाककलाले धेरैलाई लोभ्याउँछ पनि । मिसेल ओबामासँगको उनको सम्बन्ध सुमधुर रहेको छ । राष्ट्रपति कार्यालयबाट बिदा हुनु अगाडि गरिएको एउटा समारोहमा उनले मिसेल र आफ्ना छोरीहरुको प्रेरणाले नै आफू सफल भएको बताएका थिए ।



तर  मिसेलसँगको सम्बन्धमा जोडिनुपूर्व ‘लङ डिस्टेन्स रिलेसनसिप’ मा रहेका र्थि । इमोरी विश्वविद्यालयले सार्वजनिक गरेका बाराक ओबामाका प्रेमपत्र अनुसार अलेक्जान्ड्रा म्याकनियर नामकी युवतीसँगको प्रेममा ओबामा रहेका थिए । ओबामाले उनलाई विद्यार्थी कालमा क्यालिफोर्नियामा भेटेका थिए ।

ओबामाले लखेको प्रेमपत्रमा युवा अवस्थामा रहेको रंगभेद, वर्गभेदका समस्या र आर्थिक समस्याका चिन्ता प्रस्तुत छ । सुन्दर अक्षरमा लेखिएका ती प्रेमपत्रहरु सन् २०१४ मा इमोरी विश्वविद्यालयको रोज लाइब्रेरीले लिएको थियो । पुस्तकालयले भर्खरै मात्र ती प्रेमपत्र सार्वजनिक गरेको हो ।

‘यी प्रेमपत्रहरु एकदमै सुन्दर ढंगले रचिएका छन, जसमा पहिचान र अस्तित्वका लागि एक युवकले गरेको संघर्ष रहेको छ’, पुस्तकालयकी निर्देशक रोजमेरी म्यागीले बताइन् । ती प्रेमपत्रमा अहिलेका युवा पुस्ता र विद्यार्थीले भोग्नुपरेको पहिचान र अस्तित्वको लडाँईसमेत रहेको म्यागीले बताइन ।

सम्बन्ध

बाराक ओबामा र अलेक्जान्ड्रा दूरीका हिसाबले टाढा थिए । यी चिठीहरु सन् १९८२देखि १९८४ को बीचमा लेखिएको हो । ओबामाले मिसेलसँग पहिलो डेट सन् १९८९ मा गरेका थिए । एउटा पत्रमा ओबामा लेखेका छन्, ‘मलाई विश्वास छ कि तिमीलाई थाहा छ म तिमीलाई सम्झिरहेको छु । तिमीप्रति मेरो चिन्ता आकाशभन्दा पनि फैलिएको छ । तिमीप्रति मेरो विश्वास समुद्रभन्दा पनि गहिरो छ । तिमीप्रति मेरो अगाध माया छ ।’ जसको अन्त्यमा ‘उही तिमीलाई माया गर्ने बाराक’ लेखिएको थियो । ओबामा र अलेक्जान्ड्राबीचको सम्बन्ध धेरै समय भने टिकेन । १९८३ मा लेखेको एउटा पत्रमा ओबामा भन्छन्, ‘म तिम्रै बारेमा सोचिरहेको हुन्छु, तर पनि म द्विविधामा छु । यस्तो लाग्छ कि हामी कहिल्यै सम्भव नहुने कुरा गरिरहेका छौँ, त्यसैले हामीलाई जोडेको छ, त्यसैले हामीलाई टाढा बनाएको छ । ’

एउटा पत्रमा ओबामाले आफ्नो साथीका बारेमा लेख्नुभएको छ । जसमा उहाँको साथीले परिवारको व्यवसाय सम्हालेर व्यवस्थित तरिकाले जीवन बिताउन चाहेको कुरा उल्लेख छ ।

हवाईमा जन्मीएका ओबामाका बुवा केन्याका नागरिक थिए । ओबामाले आफ्नो बाल्यकाल इन्डोनेसियामा बिताएका थिए । एउटा पत्रमा लेखेका छन्, ‘ममा इश्र्याको ठूलो पोको थियो ।’ १९८३ मा ग्र्याजुएसनपछि उनी इन्डोनेसिया गए तर त्यो ठाउँसँग आफूलाई जोड्न सकेनन् ‘मलाई त्यहाँको भाषा नै आउँथेन’,। ‘मलाई सम्मान र घृणाको मिश्रित दृष्टिकोणले हेर्न थालियो किनकी म अमेरिकन हुँ । मेरो पैसा, मेरो विमान टिकट र मेरो कालोपनको वास्ता गर्दै म अमेरिका फर्किएँ ।’ सन् १९८३ मा लेखेको एउटा प्रेमपत्रमा ओबामा भन्छन्, ‘केही हप्ता पहिले बायोडाटा र लेख हुलाकमार्फत पठाउनसमेत पैसा थिएन । त्योभन्दा अगाडि एउटा टाइपराइटर भाडामा लिन चेक बाउन्स गराउनुपर्यो ।’

आफूले बिताएका पुराना स्मृतिसँग आफ्नो पहुँच नभएको ओबामाले एउटा पत्रमा लेखेका छन । प्रकाशन गृह बिजनेस इन्टरनेसनलमा काम पाएपछि ओबामालाई ठूलो काम गरेझैँ भयो । सबैले प्रशंसा गरेको पनि पत्रमा उल्लेख छ । तर कोर्पोरेट जागिरले आफ्ना मान्यताहरुलाई समाप्त पार्ने हो कि भन्ने चिन्ता पनि ओबामाले अलेक्जान्ड्रालाई लेखेको प्रेमपत्रमा उल्लेख छ ।

संम्बधित खबर

विशेष