अमेरिकाको लास भेगासमा आतंककारी हमला, २० को मृत्यु, १०० घाइते
वासिङ्टन । अमेरिकाको लास भेगासको एक क्यासिनो नजिक भएको गोली हानाहानमा कम्तिमा २० जनाको मृत्यु भएको छ भने एक सय जनाभन्दा बढी घाइते भएका छन् ।
प्रत्यक्षदर्शीका अनुसार मन्डाले वे क्यासिनोको माथिल्लो तलामा गोली चलेको आवाज सुनिएको थियो । यस क्यासिनो नजिक एक म्युजिक फेस्टिबल चलिरहेको थियो ।
सो घटनापछि लास वेगास एयरपोर्टमा कयौं उडानको रुट बदलिएको छ । प्रहरीका अनुसार जवाफी कारवाहीमा केही आक्रमणकारी पनि मारिएका छन् । घटनास्थल वरपरको क्षेत्र प्रहरीले नियन्त्रणमा लिएको छ । साथै प्रहरीको तैनाथी पनि बढाइएको छ ।