News

प्रधानसेनापति क्षत्री अमेरिका प्रस्थान

प्रधानसेनापति क्षत्री अमेरिका प्रस्थान


काठमाडौं । प्रधानसेनापति राजेन्द्र क्षत्री अमेरिकाको औपचारिक भ्रमणका लागि आइतबार त्यसतर्फ प्रस्थान गरेका छन्।

अमेरिकी सेनाका जनरल जोसेफ एफ डनफर्ड जुनियरको निमन्त्रणामा अमेरिका गएका प्रधानसेनापति क्षत्री वासिंटन डिसीमा कात्तिक ६ देखि दुई दिनसम्म चल्ने ‘हिंस्रक चरमपन्थी संगठन विरुद्ध विश्वका सुरक्षा प्रमुखहरुको रक्षा सम्मेलन’ मा सहभागी हुनेछन्।

प्रधानसेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी पूर्णचन्द्र थापाले बिदाइ गरेका थिए । भ्रमण अवधिभर प्रधानसेनापति क्षत्रीको अनुपस्थितिमा रथी थापाले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । प्रधानसेनापति क्षत्री कात्तिक ९ गते स्वदेश फर्कनेछन् ।

विशेष