News

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

लहान । दशमी, दीपावली र छठपर्व सकिएपछि छठपर्वका लागि स्थानीय ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन थालिएको छ ।

भक्तजनले सिरहाको प्रमुख जलाशय, पोखरी किनारमा पूजाघाट बनाउने र श्रृंगार्ने कामलाई तीव्रता दिएका छन् । यस्तै ग्रामीण क्षेत्रका जलाशयमा समेत पूजाघाट बनाउने र सजाउने काम तीव्र बनेको छ । पूजास्थलको रूपमा प्रयोग गरिने जलाशय र आसपासको क्षेत्र सरसफाइमा स्थानीय युवाका साथै सेना र प्रहरीले पनि साथ दिएका छन् ।

परिवारको सुख, सुस्वास्थ्य, समृद्धि र शान्तिका लागि मनाइने छठपर्व यस वर्ष आउँदो बिहीबार साँझ अस्ताउँदो र शुक्रबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर समापन गरिन्छ । छठ पर्वमा व्रतालुले ६० जातको धानको चामल, गाईको दूध, सख्खर हालेर खीर पकाउँछन् ।

यस अवसरमा बाजारमा छठी मैयाको महिमा भएका भोजपुरी र मैथिलीका गीत र घरघरमा छठी मैयाका गीत भएका सिडी एल्बम पनि गुन्जिरहेका छन् ।
छठमा उपयोग गरिने वस्तुको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेका छन् ।

छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने केरा, नरिवल, उखु, मुला, कागती, स्याउ, सुन्तला, सख्खरका साथै बाँसको बत्तीबाट बनेको नाङ्लो, कोनियाँ र माटाको भाडाकुँडालगायतको सामानको मूल्य दोब्बर भन्दा बढी हुँदा पनि त्यसको नियन्त्रण गर्न सम्बन्धित निकायले कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ ।

स्थानीय नहरा रिगौलका शंकर यादवले बजारमा व्यापारीको मनपरि बढे पनि अनुगमन गरी कारबाही गर्ने निकाय मुकदर्शक बनेको आरोप लगाए ।

puja samagri

विशेष