यी दश खतरनाक चिज जुन कुनै जमानामा सामान्य लाग्थे

यी दश खतरनाक चिज जुन कुनै जमानामा सामान्य लाग्थे

 

कोकिनबाट उपचार

सय वर्षअघि मानिसहरूलाई कोकिन हानिकारक हुन्छ भन्नेबारे थाहा थिएन । त्यतिबेला कोकेन मेडिकलहरुमा सजिलै पाइन्थ्यो र कुनै मेडिकल सुझावबिना नै खोकी लाग्दा र दाँत दुख्दा प्रयोग गरिन्थ्यो । यसका साथै बच्चाहरुलाई समयमा निन्द्रा लगाउनको लागि पनि यसको प्रयोग हुन्थ्यो । अन्य औषधीजस्तै कोकेनको पनि व्यापक प्रचार हुन्थ्यो ।

बच्चालाई मेलसँगै पठाउनु

यो सुन्दा ठट्टा गरेजस्तै लाग्छ । तर, २० औं शताब्दीको सुरुवाती दिनमा अमेरिकाको कानूनले नै मेलबाट त्यहाँका बच्चा पठाउने प्रबन्ध दिएको थियो । यसरी बच्चालाई मेलमार्फत एक ठाउँबाट अर्को ठाउँमा पठाउँदा बच्चाको तौल कम भएमा करिब १५ सेन्टजति खर्च लाग्थ्यो ।

बच्चा राख्ने पिंजडा

१९३०को दशकमा यस्ता तारले बनेका पिंजडा ब्रिटेन परिवारमाझ खुब प्रचलित थियो । यस्ता पिंजडाको सहायताले बच्चाहरु आफ्नी आमा काममा व्यस्त हुँदा स्वच्छ हावामा श्वास फेर्न पाउँछन् भनेर प्रचलनमा ल्याइएको थियो । यस्ता पिंजडालाई त्यतिबेलाका बाबुआमा सुरक्षित मान्ने गर्थे ।

बगैँचाको जोगी

१८ औं शताब्दीका धनी मानिसहरुका अजिब इच्छा आकांक्षा थिए । तर, उनीहरुको इच्छाले अरु सामान्य मानिसलाई दुःख हुन्थ्यो । त्यतिबेला धनाढ्यहरुले आफ्नो बगैँचामा जोगी राख्ने गर्थे । त्यो जोगीलाई नुहाउन र नङ काट्न पनि दिइन्थेन । उनीहरु हातैले बनाइएको कुटीमा बस्नुपथ्र्यो । मालिकहरु पाहुनालाई आफ्नो जीवन्त सजावट देखाउन पाउँदा गर्व महशुश गर्थे ।

शंकास्पद उपचार शैली

मेडिकल क्षेत्रको विकास नहुँदा र डाक्टरहरुलाई संक्रमणबारे ज्ञान नहुँदा उनीहरु अजिबको शैली अपनाउने गर्दथे । जस्तो, उनीहरु कुनै पनि रोगको उपचारको लागि रगत बग्न दिन्थे, भकभकाउने आवाज भएमा जिब्रो काटिदिन्थे र जिब्रोमा करेन्ट पनि लगाइदिने गर्थे ।

रेडियोएक्टिभ खेलौना

सन् १९५० को दशकतिर रेडिएसन अर्थात विकिरणलाई सुरक्षित चिज मानिन्थ्यो । यस्ता विकिरणयुक्त खेलौनाहरु त्यतिबेला निकै प्रचलित थिए ।

मान्छे बस्ने चिडिया घर

माथि देखाइएको बेल्जायनको चिडियाखानाको तस्विर सन् १९५८को हो । यसरी मान्छे बस्ने चिडिया घर कयौं वर्षसम्म प्रचलनमा रह्यो ।

मानसिक अस्पताललाई रमाइलो गर्ने थलो बनाउने

मानसिक असपतालका बिरामीलाई त्यतिबेला निकै तुच्छ व्यवहार गरिन्थ्यो । बिरामीका आफन्तले पैसा तिरे पनि त्यहाँका कर्मचारीले विरामीलाई विरलै खान दिन्थे । त्यति पैसाले पनि नपुगेर अस्पतालका मालिहरुले अस्पताललाई कुनै रंगमञ्जस्तो बनाएका थिए । इच्छा लागेका व्यक्ति त्यहाँ पुगेर मानसिक रोगीलाई लट्ठीले हिर्काएर जिस्क्याउने गर्थे ।

मानिसको शरिरको अंग बटुल्नु

आजको जमानामा कुनै बौलाहा मानिसले मात्र मानिसको शरिरको पाटपुर्जा जम्मा गर्ने गर्छ । तर, यस्तो गर्नु प्राचीन कालमा सौकजस्तै थियो । आर्मीहरु पनि घरमा आफ्नो शत्रुको खप्पर घर लैजाने गर्थे । तस्विरमा देखाइएको खप्पर एक अमेरिकी जलयात्रीले दोस्रो विश्वयुद्धमा जापानी सिपाहीको खप्पर आफूसँग राखेका हुन् ।

डाक्टरको सुझावले गर्भवती अवस्थामा चुरोट पिउनु

आजको जमानामा चुरोट पिउनु स्वास्थको लागि हानीकारक मानिन्छ । तर, आजभन्दा ७० वर्षअघि अमेरिकी डाक्टरहरुले आफ्ना गर्भवती रहेका विरामीलाई कब्जियत निको पार्न चुरोट पिउन सुझाउथे ।

interesting facts

संम्बधित खबर

विशेष