विदेश

अफगानिस्तानमा आत्मघाती विस्फोट १५ सैनिक अधिकृतको मृत्यु

अफगानिस्तानमा आत्मघाती विस्फोट १५ सैनिक अधिकृतको मृत्यु

काबुल । अफगानिस्तानको काबुलस्थित सैनिक क्याम्पमा आत्मघाती बम विस्फोटमा १५ जना सैनिक अधिकृत मारिएका छन् ।

काबुलमा रहेको फहीम सैनिक क्याम्पबाट गस्तीका लागि मिनीबस चढ्ने क्रममा रहेका सैनिकलाई लक्षित गरी क्याम्पको ढोकामा आत्मघाती बम बिस्फोट हुँदा उनीहरु मारिएका हुन् । घटनामा चारजना घाइते भएका छन् ।

क्याम्प अगाडी हिंडेर आएका ब्यक्तिले आत्मघाती बिस्फोट गराएको अफगान अधिकारीले जनाएका छन् । घटनाको जिम्मेवारी तालिवानले लिएको छ । पछिल्लो समय तालिवान विद्रोहीले सेना र प्रहरीलाई लक्षित गरी आक्रमण गर्ने गरेका छन् ।

२४ घण्टाको बीचमा भएको यो दोस्रो विस्फोट हो । यसअघि अफगानिस्तानको शिया मुश्लिम समुदायको मस्जिदमा गराईएको आत्मघाती बिस्फोटमा ६० जना
मारिएका थिए ।

विशेष