News

लोकदर्शन रेग्मी नयाँ मुख्य सचिवमा नियुक्त

लोकदर्शन रेग्मी नयाँ मुख्य सचिवमा नियुक्त


काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले भोलि ७ गते अवकाश पाउँदैछन्। उनको अवकाशको अघिल्लो दिन नै सरकारले रेग्मीलाई मुख्यसचिव नियुक्तिको निर्णय गरेको हो।

सरकारी सेवामा रहेका ५० सचिवमध्ये वरिष्ठताका आधारमा तीन जना मुख्यसचिवको दौडमा थिए। ज्येष्ठता र कार्यसम्पादनका आधारमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शंकरप्रसाद अधिकारी, गृहसचिव रेग्मी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै सचिव ङइन्द्रप्रसाद उपाध्याय मुख्यसचिवको लाइनमा देखिएका थिए ।

रेग्मी प्रधानमन्त्री शेरबहादुर देउवा र आरजु राणा निकट मानिन्छन्।

विशेष