News

सर्वेन्द्र खनाललाई ‘फाटेको जुत्ता’को उपहार

सर्वेन्द्र खनाललाई ‘फाटेको जुत्ता’को उपहार

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाका डिआईजी सर्वेन्द्र खनाललाई ‘फाटेको जुत्ता’का निर्माता अर्जुन कुमारले उपहार दिएका छन् ।

डिआईजी खनालको कार्यालयमा नै पुगेर निर्माता कुमारले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने सामाग्री हस्तान्तरण गरेका हुन् । ट्राफिकसँग ट्राफिक व्यवस्थापनका लागि पर्याप्त सामाग्री नरहेको भन्दै सहयोग गरेको अर्जुनले बताए ।

३५ वटा ट्राफिक साइन बोर्ड, ‘गो’ र ‘स्टप’ लेखिएका बोर्ड पाएपछि खनालले यसको सदुपयोग गर्ने बताएका थिए । अर्जुनले सामाग्री हस्तान्तरणपछि खनाल निकै खुशी भएको बताए । कात्तिक १७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

विशेष