News

भारतबाट छ युवतीको उद्धार

भारतबाट छ युवतीको उद्धार

कञ्चनपुर । भारतको उत्तराखण्डको रुद्रपुरबाट छजना नेपाली युवतीको उद्धार गरिएको छ ।

पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पुर्याइएका सिन्धुपञ्लाचोकका युवतीको माइती नेपाल कञ्चनपुरले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखनविरुद्धको इकाइको सहयोगमा उद्धार गरिएको हो । रुद्रपुर प्रहरीले शंका लागेर सोधपुछ गर्दा अवैधरूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि मानव बेचबिखनविरुद्धको इकाइ र माइती नेपाललाई खबर गरेका थिए ।

युवतीका साथबाट भारतीय प्रहरीले राहदानी र अन्य वैदेशिक रोजगारसम्बन्धी कागजपत्रसमेत फेला पारेको छ । उद्धार गरिएका युवतीको उमेर २० देखि २५ वर्ष रहेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताए । उद्धार गरिएका युवतीहरुलाई रुद्रपुरमै राखिएको छ । यसैबीच, मानव तस्करीमा संलग्न तीनजनाविरुद्ध भारतको रुद्रपुरस्थित अदालतमा मानवबेचबिखन विरुद्धको मुद्दा दर्ता गरिएको संयोजक भट्टले बताए ।

उनका अनुसार सिन्धुली टाँडीकी नानीमाया माझी, पर्साका विष्णु लोप्चन र सिन्धुपाल्चोकका सोमबहादुर गोलेविरुद्ध रुद्रपुरमा मुद्दा दर्ता गरिएको छ । नगद रकमसहित बालक बेपत्ता, परिवाजन चिन्तित कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका ११ वर्षीय प्रकाश कठायत तिहारको टीकाको दिनदेखि बेपत्ता हुँदा परिवार चिन्तित भएका छन् ।

गाउँकै प्रकाश साउद र केशव बिष्टलगायतका बालकसँगै उनी बेपत्ता भएका हुन् । प्रकाशले घरबाटै नगद रु ७७ हजार र रु १५ हजार मूल्य पर्ने मोबाइलसमेत लगेर बेपत्ता भएकाले कसैले प्रभोलनमा पारेर बेपत्ता पारेको प्रकाशका बुबा दीपेन्द्रबहादुर कठायतले बताए । “प्रकाशको कानमा सुनका मुन्द्रासमेत भएको उहाँले बताए ।

घरबाटै भागेकै दिन दिउँसो ३ः३० मा कैलालीको अत्तरिया बजारमा छिमेकीले देखेका थिए”, उनले भने, “त्यसपछि छोराको पत्तो लाग्न सकेको छैन ।” पैसा र सुनको मुन्द्राका लागि छोरालाई बेपत्ता बनाइएको उनको भनाइ रहेको छ । यसबारे सम्भावित क्षेत्रमा खोजी गर्दासमेत भेट्न नसकेपछि प्रहरीलाई खोजीका लागि आग्रह गरिएको बेपत्ता बालकका आफन्तले बताए ।

ladies

विशेष