विदेश

व्यस्त सडकमा यसरी विमान आकस्मिक अवतरण गराइयो (भिडियोसहित)

व्यस्त सडकमा यसरी विमान आकस्मिक अवतरण गराइयो (भिडियोसहित)


फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित सेन्ट पिटर्सबर्गको व्यस्त सडकमा सानो विमानलाई आपतकालिन अवस्थामा उतारिएको छ । सडकमा विमानलाई ‘इमर्जेन्सी ल्यान्डिङ’ गर्नु परेका कारण केही कार नोक्सान भएको छ ।

तर, यो घटनामा कसैको ज्यान नगएको स्थानीय प्रहरीले जानकारी दिएको छ । यो रोचक घटना सिसीटिभी फुटेजमा कैद भएको छ । घटना गत बुधबार दिउँसोको थियो । न्युज ८ को रिपोर्टअनुसार घटना लगत्तै ३ जनालाई तत्कालै अस्पतालमा भर्ना गरिएको थियो । एक जनाको भने घटना स्थलमा सामान्य औषधी उपचारपछि घर पठाइएको थियो ।

पुरै घटना स्थानीय एक कपाल काट्ने सैलुनको सिसीटिभी क्यामेरामा रेकर्ड भएको थियो । दि जोस बार्बर स्टुडियोले २० अक्टुबरमा फेसबुकमार्फत घटनाको तस्बिर सार्वजनिक गरेको थियो ।

विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा २ जना मात्र यात्रु थिए । सेन्ट पिटर्सबर्ग प्रहरी विभागले ट्विटरमार्फत घटनाको पुष्टी गर्दै ‘इमर्जेन्सी ल्यान्डिङ’को समय विमान दुई वटा कारमा ठोक्किन पुगेको बताएको छ । प्रहरीले घटनास्थलको भिडियो पनि शेयर गरेको छ ।

दुई वटा इन्जिन भएको सेसन ४०२ विमान कसरी सडकमा झार्नु पर्यो भन्ने कुरा अझै सार्वजनिक भएको छैन्। तर, पाइलटको भने तारिफ भइरहेको छ।

विशेष