News

आज नयाँ मुख्यसचिव नियुक्त गर्दै सरकार, को बन्ला मुख्य सचिव

आज नयाँ मुख्यसचिव नियुक्त गर्दै सरकार, को बन्ला मुख्य सचिव

काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ । बिहान बस्न लागेको बैठकले नयाँ मुख्य सचिव नियुक्त गर्दैछ ।

अहिलेका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले मंगलबारदेखि उमेरहदका कारण अवकाश पाउने भएपछि सरकारले नयाँ मुख्यसचिव नियुक्त गर्न लागेको हो ।
गृह सचिव लोकदर्शन रेग्मीलाई मुख्य सचिव नियुक्त गर्ने तयारी भइरहेको स्रोतले बताएको छ । मन्त्रीपरिषद बैठकले केही सचिवको बढुवा र सरुवा गर्ने तयारी पनि गरेको जनाइएको छ ।

गोरखापत्रको महाप्रवन्धक नियुक्त पनि आजैको वैठकले गर्न सक्ने बताइएको छ । गोरखापत्रको महाप्रवन्धकमा पत्रकारहरु वसन्तप्रकाश उपाध्याय, कृष्ण केसी र पोषण केसी प्रतिष्पर्धामा छन् ।

विशेष