News

सोलार लिप्ट सिंचाई भएपछि किसानको खेतीमा परिवर्तन

सोलार लिप्ट सिंचाई भएपछि किसानको खेतीमा परिवर्तन

दीपबहादुर घर्ती

जाजरकोट । सोलार लिप्ट सिंचाई प्रविधीवाट भेरीनदीको पानी खेतवारीमै पुगेपछि किसानहरुले गर्दै आएको खेतीपातीलाई परिवर्तन गर्ने भएका छन् । भेरी नगरपालिका–१० राउत गाउँका किसानहरुले सोलार लिप्ट सिंचाई प्रविधीवाट भेरीनदीको पानी खेतवारीमापुगेपछि परापुर्वकाल देखि गर्दै आएको खेतीपातीलाई परिवर्तन गर्ने भएका हुन् ।

उच्चमुल्य कृषि विकास आयोजनाको आर्थिक सहयोगमायसैबर्ष राउतगाउँमा सोलार लिप्ट सिंचाई प्रविधीवाट भेरीनदीको पानीकिसानको खेतवारीमै पुगेको छ । सोलार लिप्ट सिंचाई प्रविधीवाट ८२ मिटर उचाई रहेको भेरीनदीवाट ६३ एमएमको पाईपमाआएको पानीलाई जम्मागर्न राउतगाउँको पुरै जग्गालाई सिंचाई पुग्ने ठाउँमा रिजर्व टंकी निर्माण गरिएको उच्चमुल्य कृषिबिकास आयोजना, जाजरकोट संयोजक अमर चन्दले जानकारी दिए । १ लाख ६० हजार लिटरको टंकी निर्माण सहितसोलार लिप्ट सिंचाई प्रविधी जडान गर्न झण्डै २८ लाख रुपैयाको लागतलागेको सुर्य किरण तरकारी खेती कृषक समुहका अध्यक्ष गोरखबहादुर रानाले बताए ।

भेरी नदीवाट ६३ एमएमको पाईपमाआएको पानीले १ लाख ६० हजार लिटर क्षमता रहेको टंकी २ घण्टामै भरिनेअध्यक्ष रानाको भनाई रहेको छ । उक्त सोलार लिप्ट सिंचाई प्रविधीवाट भेरी नदीवाट आएको पानीले २ सय ५० रोपनीजग्गामा सिंचाई गर्न सकिने संयोजकचन्दको भनाई रहेको छ । उक्त आयोजनावाट १८ घरधुरी किसानहरु लाभाम्वितहुने भएका छन् ।

गहुँ, मकै, कोदोको खेतीगर्ने राउतगाउँकाकिसानहरु सोलार लिप्ट सिंचाई प्रविधी जडान भएपछि परम्परागत खेती प्रणालीलाई परिवर्तन गरेर व्यवसायिक रुपमाबेमौसमी तरकारी खेतीगर्न किसानहरु लालाहीत भएका छन् । मान्छेले पिउने पानी समेत भेरी नदीबाट डोकोमाबोकेर घरमा पुर्याउने राउतगाउँबासीहरु खेतकाआली–कांल्ना समेत सिंचाई गर्न पुग्ने गरि गह्रामै पानीपुगेपछि निकै खुशी भएका छन् ।

सोलार लिप्ट सिंचाई प्रविधी जडानले बाह्रै महिनाखेतवारीमा सिंचाई हुने भएको छ, सुर्य किरण तरकारी खेती कृषक समुहका सदस्य दिपेन्द्र रानाले भने्–“हिजो हामीआफ्नै घरमाउपभोग गर्ने तरकारी उत्पादनगर्न नसक्ने भएतापनिआगामीदिनमाहामीले बजार मागलाई पुरा गर्न सक्ने गरि तरकारी खेतीगर्न सक्ने अबस्थामापुगेका छौं ।”

राउतगाउँजिल्ला सदरमुकामखलंगा देखि २७ किलोमिटरको दुरीमा रहेको हँुदा त्यहाँका किसानहरुले उत्पादन गरेको तरकारीलाई बजारीकरण गर्नका लागि कुनै समस्यानपर्ने उच्च मुल्य कृषि बिकास आयोजनाका कृषिविकास अधिकृत सुरेश थापाले बताए । नेपाल सरकारको रणनैतिक राजमार्ग (भेरी करिडोर) संगै जोडिएको राउत गाउँका किसानहरुले ब्यबसायिक योजनाबनाएर तरकारी खेतीगर्न तर्फ लागेमा आर्थिक रुपले किसानहरुको जीवन स्तरमा परिवर्तन आउने अधिकृत थापाले ठोकुवा गरे ।

उच्चमुल्य कृषिबिकास आयोजनाले सन् २०१३ देखीजाजरकोटमा समुह, सहकारी र निजी कम्पनी तथा फर्महरुको व्यवसायिक योजनाका आधारमा लगानी गर्दै आएको छ । बेमौसमी तरकारी, टिमुर, बेसार र बाख्राको मुल्यश्रृङखलामाकामगरिरहेको उच्चमुल्य कृषिबिकास आयोजनाले आगामी चरणमा मह, दुध डेरी लगाएतका मुल्य श्रृङखलालाई थप गर्नेजनाएको छ ।

आयोजनाले उत्पादनकर्ता, आपूर्तीकर्ता, प्रशोधनकर्ता र उपभोक्ता सबैको बृहतर हितमाकाम गर्ने दावीगर्दै आएको छ ।आयोजनाको सेवा क्षेत्र भित्रका सवैको क्षमताविकास गराएर सेवाखरिद र विक्रीगर्ने परिपार्टीको विकास गराउने बताईएको छ ।

 

Jajarkot

विशेष