News

मुसाका कारण दर्जनौं ट्रान्सफर्मर ध्वस्त

मुसाका कारण दर्जनौं ट्रान्सफर्मर ध्वस्त

काठमाडौं । सुन्दा अचम्म लाग्ला, विद्युत वितरणका लागि जडान गरिएका ट्रान्सफर्मरका सबैभन्दा ठूलो शत्रु अहिले मुसा बन्न थालेको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा मुसाकै कारण एक दर्जनभन्दा बढी ट्रान्सफर्मर जलेका छन् ।

नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार मुसा भित्र पसेपछि ट्रान्सफर्मर जल्न थालेका हुन् । काठमाडौं उपत्यकाभित्र महिनामा एक–दुईवटा ट्रान्सफर्मर मुसाकै कारण पड्कने गरेको प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

पछिल्लो पटक मुसाकै कारण तिहारको लक्ष्मी पूजाका दिन भक्तपुर सब–स्टेशनका केही उपकरण जले र पुरै भक्तपुरमा बिजुली प्रवाह अवरुद्ध भयो ।

नागरिक

विशेष