News

२३ प्रहरी नै एकमहिना देखि बन्दी

२३ प्रहरी नै एकमहिना देखि बन्दी


इलाम । नेपाल प्रहरीका २३ विशेष प्रहरीहरुलाई प्रदेश नम्बर एकका प्रहरी प्रमुख एआइजी पशुपती उपाध्यायले एक महिना देखि प्रहरी गणमा भेला पारेर “निगरानी” मा रखेका छन् । उनीहरुलाई आदेश विना बाहिर निस्कन दिइएको छैन भने कसुरको बारेमा समेत केही भनिएको छैन ।

असोज १० गतेदेखि गणमा लगेर राखिएका इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुर, उदयपुरलगायतका घुमुवा प्रहरीलाई अपराधी जस्तै व्यवहार गरेर राखिएको स्रोतले बतायो । स्रोतले भन्यो “अपराध गरेको भए कारवाही हुनुप¥यो ।’ निर्दोषलाई मानसिक यातना दिनेकाम भएको एक घुमुवा प्रहरीको आरोप छ ।

पहाडी क्षेत्रमा काम गरिरहेको घुमुवालाई मात्र उपाध्यायले गणमा राखेको हुन् । एक घुमुवाले आरोप लगाए‘ हाकिमलाई रकम उठाएर बुझाउनेलाई यहाँ ल्याइएको छैन ।’ विराटनगर प्रहरी गणमा अहिले १३ जना जवान, ६ जना हवल्दार र ४ जना असइलाई अनुसन्धानको नाममा बन्दी बनाएको स्रोतले जनाएको छ । उनीहरुलाई तिहारमा एक दिन विदा दिएपनि भोलि पल्टनै विराटनगर बोलाइएको थियो ।

स्रोतले भन्यो ‘वाहिर जान आदेश छैन, डिउटीमा अरुको निगरानीमा कहिलेकाही गस्तिमा पठाउने गरिएको छ ।’ घुमुवा पहरीलाई अपराध अनुसनधन, अपराधीको खोज तलास र सुराकीको रुपमा प्रयोग गर्ने गरिएको छ । निर्वाचनको मुखमा घुमुवा प्रहरीको आवश्यकता अझ बढ्ने भएपनि पहाडी जिल्लामा भने उनीहरुको उपस्थिती सुन्य भएको छ । गणमा बन्दी बनाउनु अघि उनीहरुलाई १३ दिने पुर्न ताजगी तालिम दिइएको थियो ।

प्रहरी नियमावलीमा दुई दिन भन्दा बढी तालिम दिए प्रमाण पत्र दिने व्यवस्था भएपनि यस पटकाको तालिममा प्रमाण पत्र समेत नदिई गणमा लगेर राखिएको नाम बताउन नचाहने एक घुमुवा प्रहरीले बताए । उनले भने ‘तालिम पनि यातना सिविर जस्तो थियो, बढुवालाई सहयोग गर्ने प्रमाणपत्र पनि पाइएन ।’

अन्नपूर्ण

विशेष