विदेश

टाइटानिकमा लेखिएको पत्र १ लाख २६ हजार पाउण्डमा विक्री !

टाइटानिकमा लेखिएको पत्र १ लाख २६ हजार पाउण्डमा विक्री !

काठमाडौं । ब्रिटिश पानीजहाज टाइटानिक डुब्नुअघि लेखिएको अन्तिममध्येको एउटा पत्र विश्व कीर्तिमानी मूल्यमा लिलामीमार्फत विक्री भएको छ ।

टाइटानिकमा यात्रा गरिरहेका अमेरिकी व्यापारी ओस्कार होल्भरसनले लेखेको उक्त पत्र १ लाख २६ हजार पाउण्डमा विक्री भएको हो । उनले उक्त पत्र टाइटानिक डुब्नु अघिल्लो दिन सन् १९१२ एप्रिल १३ मा लेखेका हुनाले त्यो एकदमै मन पराइएको थियो ।

यो मात्रै एउटा त्यस्तो पत्र हो जुन एट्लान्टिक महासागरमा पुगेर पनि जोगिएको थियो । समुद्री पानीको दाग लागेको पत्र ब्रिटिश खरिदकर्तालाई विक्री गरिएको हो जसले लिलामीमार्फत पत्र किन्न फोनबाट निवेदन दिएका थिए ।

सफल व्यापारी होल्भरसनले टाइटानिकमा श्रीमती मेरीसँग यात्रा गरिरहँदा उक्त पत्र आफ्नी आमालाई लेखेका थिए । होल्भरसन दम्पती न्यूयोर्कस्थित आफ्नो घर जाने योजनासहित साउथयाम्पटनबाट पानीजहाज चढेका थिए । उक्त पत्रमा होल्भरसन आफ्नो वरपरको दृश्यहरुबाट निकै आश्चर्यचकित भएको जस्तो देखिन्छ । उनले लेखेका छन, “पानीजहाजको आकार विशाल छ र यो एउटा आलिशन होटल जसरी बनाइएको छ ।“

वाक्य विन्यासमा विशेष दख्खल भएका उनले त्यतिबेला विश्वका धनी मानिस जन ज्याकब एस्टोरलाई उनकी श्रीमतीसँग देखेको पनि पत्रमा उल्लेख गरेका छन् ।

उक्त पत्रको ’न्यूनतम मुल्य’ ६० हजार देखि ८० हजार पाउण्डसम्म थियो । टाइटानिक डुबेपछि ओस्कार होल्भरसन, जन ज्याकब एस्टोरसहित १५ सयभन्दा बढी यात्रुको मृत्यु भएको थियो ।

तर उक्त घटनामा ओस्करकी श्रीमती मेरी होल्भरसन चाहिँ बाँच्न सफल भइन् । उनका श्रीमानको शव निकालिएपछि उनको खल्तीमा राखिने सानो किताबबाट उक्त पत्र फेला र्पयो ।

विशेष