News

‘हिन्दूका सम्राट’ भन्दै पूर्वराजाको अभिव्यक्तिलाई विश्व हिन्दू महासंघले गर्‍यो स्वागत

‘हिन्दूका सम्राट’ भन्दै पूर्वराजाको अभिव्यक्तिलाई विश्व हिन्दू महासंघले गर्‍यो स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा भाइटीकाको दिन व्यक्त धारणालाई विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियले स्वागत गरेको छ । महासंघका अध्यक्ष भरतकेशर सिंहद्वारा जारी विज्ञप्तिमा पूर्वराजाको धारणा ‘सान्दर्भिक, राजनीतिक स्थिति अनुकूल र स्वागतयोग्य छ’ भनिएको छ ।

महासंघले मुुलुक नेतृत्वविहीन अवस्थामा पुगेको जनताले महशुस गरिरहेको र राष्ट्रको स्वाधीनता नै खतरामा पर्ने अवस्था उत्पन्न भएको जनाएको छ । यस्तो परिवेशमा पूर्वराजाले मुलुकप्रतिको चिन्ता र चासोलाई स्वभाविक रुपमा प्रकट गर्दा सम्पूर्ण देशभक्त नेपालीहरु खुसी भएको महासंघले उल्लेख गरेको छ ।
जारी विज्ञप्तिमा भनिएको छ, ‘मुलुक प्रतिको चिन्ता र चासोलाई स्वभाविक रुपमा प्रकट गर्दै सरकारबाट नेतृत्व लिने समय आएको भन्ने समयसापेक्ष अभिव्यक्तिले हामी देशभक्त सम्पूर्ण राष्ट्रवादी र राजसंस्थाका पक्षधर नेपालीहरु हर्ष विभोर हुँदै सबैको मनोबल उँचो भएको अनुभूति गर्दै श्री ५ महाराजाधिराज सरकारको यस्तो ओजपूर्ण अभिव्यक्तिका लाग हामी सम्पूर्ण नेपालले साथ दिनु परम कर्तव्य हुन आउँछ ।’

पूर्वराजाको अभिव्यक्तिपछि सोमबार साँझ महासंघसहित राजसंस्था पक्षधर अन्य संघ संस्थाहरुले माइतीघर मण्डलामा दीपप्रज्वलन गरेका थिए । उनीहरुले अहिले पनि नेपालमा राजसंस्थाको आवश्यकता रहेको दावी पनि गरे ।

सोमबार नै राजसंस्था पक्षधर शरदचन्द्र दाहाल नेतृत्वको राष्ट्रिय एकता पार्टी प्रजातान्त्रिकले पनि काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी पूर्वराजाको धारणाको स्वागत गरेको थियो । सो कार्यक्रममा विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रियकी महासचिव अस्मिता भण्डारीले ‘राष्ट्र एकीकरणमा नेपाली सेनाले जस्तो भूमिका खेलेको थियो, ठिक यसैगरी अहिले राष्ट्रिय स्वाधीनता, अखण्डतामा आँच आउन खोेजेको बेला सेनाको भूमिका मुलुकले खोजेको’ उल्लेख गरिन् । महासचिव भण्डारीले भनिन्, ‘राष्ट्र, राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसत्तामा खतरा उत्पन्न भइरहेको बेला नेपाली सेना गम्भीर हुनु पर्छ ।’

पूर्वराजाद्वारा व्यक्त धारणाा

">

 

विशेष