विदेश

मुकेश अम्बानीको घरमा काम गर्ने ड्राइभरको तलब २ लाख भारु

मुकेश अम्बानीको घरमा काम गर्ने ड्राइभरको तलब २ लाख भारु


नयाँ दिल्ली । के तपाईलाई थाहा छ– भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको घरमा कामदार बन्न कति मेहनत गर्नुपर्छ ? उनको ड्राइभरको तलब कति छ?

मुकेशको घर विश्वकै भब्य घर मध्येमा पर्छ । उनीसँग नीजि हेलिकोप्टर मात्र होइन, ५ सयभन्दा बढि गाडी छन् ।

मुकेशको घरमा कामदार बन्न निकै मेहनत गर्नुपर्छ । धेरै परिक्षणबाट गुज्रिनु पर्ने हुन्छ । मुकेशको ड्राइभर बन्न जुन कम्पनीलाई ठेक्का दिइएको हुन्छ, उसले कठिन परिस्थितमा ड्राइभरले कसरी गाडी कुदाउँछ, यसको पूर्ण परीक्षा लिने गर्दछ ।

मुकेशको घरमा काम गर्ने ड्राइभरले महिनाको २ लाख भारु पाउने गर्दछन् ।

विशेष