News

सिट बाँडफाँटमा सकसः बार्गेनिङ गर्दै 'बागी'

सिट बाँडफाँटमा सकसः बार्गेनिङ गर्दै 'बागी'

काठमाडौं । वामपन्थी गठबन्धनले प्रतिनिधिसभा र प्रदेश निर्वाचनको दोस्रो चरणका लागि उम्मेदवार मनोनयन गर्ने दिनभन्दा केही अघि मात्र सिट बाँडफाँट सार्वजनिक गर्ने भएको छ ।

सिट बाँडफाँटसहित नाम सार्वजनिक गर्दा विभिन्न जिल्लमा विवाद उत्पन्न हुनसक्ने भन्दै गठबन्धनले अन्तिम समयमा मात्र नाम सार्वजनिक गर्ने रणनीति बनाएको हो ।  क्षेत्र निर्धारण र सिट बाँडफाँट निर्णय पहिल्यै गरे पनि सार्वजनिक गर्न ढिलाई हुनेछ ।

१३ गतेअघि सिट बाँडफाँट सार्वजनिक हुँदैन, गठबन्धनको आन्तरिक छलफलमा सहभागी एक नेताले भने, बिभिन्न जिल्लामा असन्तुष्टि देखिने भएकाले सिट बाँडफाँटबारे अन्तिम समयमा सार्वजनिक गर्ने नीति छ ।

बार्गेनिङ गर्दै बागी

त्यस्तै जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी स्वतन्त्र उम्मेदवारी दिएका एमालेका गोविन्दविक्रम शाहलाई फकाउन पार्टीले अनेक प्रयास गरेको छ ।

तर, मंगलबार साँझसम्म उनी गलेका छैनन् । बरु उनले बार्गेनिङ पावर बढाउँदै भन्ने गरेका छन् मेरो स्थान कहाँ हो, देखाईयोस्, बस्न तयार छ ।
नागरिक

विशेष