News

खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री बाधक

खड्कालाई मन्त्रालय तान्न आपूर्ति मन्त्री बाधक

काठमाडौं। संसदीय समिति र विभागीय मन्त्रालयले दोषी ठहर्याएको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई मन्त्रालयमा तान्न आपूर्ति मन्त्री जयन्त चन्द बाधक बनेका छन् ।

निगमको इन्धन भण्डारणका लागि जग्गा किन्दा अनियमितता गरेको आरोप लागेका खड्कालाई मन्त्रालय तान्न निर्वाचन आयोगले सहमति दिएको छ । तर नवनियुक्त मन्त्री चन्दले खड्कालाई मन्त्रालय ल्याएर हाजिर गराउन आलटाल गरेका हुन् ।

करिब डेढ अर्व रुपैयाँ घोटालाका आरोपित खड्कालाई निगममै राख्दा थप क्षति हुने भन्दै तत्कालीन आपूर्ति मन्त्री शिवकुमार मण्डल र सचिव कृष्णप्रसाद देवकोटाले मन्त्रालय तान्न निर्वाचन आयोगबाट अनुमति लिएका थिए ।

नागरिक

विशेष