News

कस्तो छ पूर्वराजा ज्ञानेन्द्रले छाडेको श्रीपेचको हालत कसैलाई थाहा छैन्

कस्तो छ पूर्वराजा ज्ञानेन्द्रले छाडेको श्रीपेचको हालत कसैलाई थाहा छैन्

काठमाडौं । नारायणहिटी संग्रहालयको शैलुन कक्षको बाकसमा राखिएको श्रीपेचको अवस्था कस्तो छ, कसैलाई थाहा छैन ।

पूर्वराजा ज्ञानेन्द्रले २०६५ साल जेठ २९ गते नारायणहिटी छाडेपछि कडा सुरक्षा घेराभित्र राखिएको श्रीपेच २०७१ चैतमा पछिल्लो पटक हेरिएको थियो । श्रीपेच राखेको कक्षको साँचो नारायणहीटी संग्रहालय विकास सकितिको मातहतमा भए पनि श्रीपेच हेर्न छुट्टै समिति भएकाले समस्या आएको छ ।

‘हामीले श्रीपेचको अवस्थाबारे जानकारी लिन आवश्यक ठानेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र पठाएका थियौँ, तर अहिलेसम्म उत्तर आएको छैन ।’ संग्रहालय विकास समितिका प्रमुख रोहित ढुंगानाले भने ।

समाचारपत्र

विशेष