अन्तर्राष्ट्रियस्तरको मुस्लिम धार्मिक प्रवचन नेपालगञ्जमा, पाकिस्तानी च्यानलबाट प्रत्यक्ष प्रसारण

अन्तर्राष्ट्रियस्तरको मुस्लिम धार्मिक प्रवचन नेपालगञ्जमा, पाकिस्तानी च्यानलबाट प्रत्यक्ष प्रसारण

बाँके । विश्वशान्तिको कामना गर्दै दाउते इस्लामी नेपालको आयोजना नेपालगञ्जमा अन्तर्राष्ट्रिय स्तरको मुस्लिम धार्मिक प्रवचन कार्यक्रम आजबाट सञ्चालन हुने भएको छ।

विश्वमा बढ्दै गइरहेको बेरोजगारी अमानवीयता र अशान्तिविरुद्ध धार्मिक चिन्तनद्वारा भाइचारा, अमनचयन, शान्ति कायम गर्ने उद्देश्यले आयोजित कार्यक्रममा दाउते इस्लामीका केन्द्रीय अध्यक्ष हाजी मौलाना इमरान अत्तारी,केन्द्रीय सदस्य अब्दुल हबीब अत्तारीले सम्बोधन गर्नेछन्।

भारत, बंगलादेश, पाकिस्तानका साथै आठ देशका मुस्लिमहरुको धार्मिक प्रवचन कार्यक्रममा सहभागिता रहने दाउते इस्लामी नेपालका अध्यक्ष रमजान मियाले बताए। मिया अनुसार चार दिनसम्म चल्ने प्रवचनका लागि बाहिरी देशबाट आउने धार्मिक गुरुहरुका लागि स्थानीय प्रशासनले सुरक्षा प्रदान गरेको छ।

हजारौको संख्यामा भारतबाट दाउते इस्लामीका सदस्यहरु भारतीय प्रह्रीको कडा चेकजाँचपश्चात् मंगलबार नेपालगञ्ज आइपुगेको छन्। बिहिबार १ बजेदेखि धार्मिक प्रवचन सुरु हुँदैछ। उक्त प्रवचन इस्लामिक धार्मिक मदनी च्यानल पाकिस्तानबाट प्रत्यक्ष प्रसारण गरिने अन्तर्राष्ट्रिय धार्मिक कार्यक्रमका संयोजक सैयद रिहान अत्तारीले बताए।

संम्बधित खबर

विशेष