News

बाबुरामलाई पर्यो आर्थिक संकट, यसरी सहयोग गर्नसक्नुहुनेछ

बाबुरामलाई पर्यो आर्थिक संकट, यसरी सहयोग गर्नसक्नुहुनेछ

काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आगामी संसदीय निर्वाचनमा लड्न सामाजिक सञ्जालबाटै आर्थिक संकलन अभियान थालेका छन् ।

एकाएक बाम गठबन्धनमा सहभागी भई गठबन्धनबाट बाहिरिएका डा बाबुराम भट्टराईले समाजिक सञ्जालबाटै आर्थिक अभियान थालेका हुन् ।

आफ्नो गृहजिल्ला गोरखा क्षेत्र नम्बर २ नपाएपछि एमाले र माओवादीको गठबन्धन छाडेर नेपाली कांग्रेसको गठबन्धनसँग सामेल भएका थिए । गोरखा क्षेत्र नम्बर १ मा कांग्रेसलाई छाडेर २ नम्बरबाट मंसिर १० गते हुन लागेको प्रनिधिनिसभा निर्वाचनका लागि उम्मेदवार घोषणा गरेका डा. भट्टराईले आर्थिक सहयोग गर्न आह्वान गरेका छन् ।

‘मंसिर १० गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईलाई आर्थिक सहयोगका लागि हार्दिक अनुरोध गर्दछौं ।’– बाबुरामको सचिवालयले जारी गरेको अपिलमा भनिएको छ ।

भट्टराईलाई आर्थिक सहयोग गर्न ग्लोबल आईएमई बैंकको खाता नम्बर र स्विफ्ट कोडसमेत दिइएको छ । आर्थिक सहयागका लागि गरिएको उक्त अपिलमा ‘म अपारदर्शी लगानी हैन, तपाईहरुको खुला स्वेच्छिक सहयोग चाहन्छु’ भनी बाबुरामले ब्यक्त गरेको उद्धरणसमेत उल्लेख गरिएको छ ।

विशेष