संसारको यस्तो ठाउँ जहाँ ‘मान्छेको मासु’ खाएर खुशी मनाइन्छ
एजेन्सी । दुनियाँको केही देशमा ‘हेलोवीन डे’ निकै प्रतीक्षित हुन्छ । विशेषगरी हेलोवीनमा मान्छेहरु भेष बदलेर भूतको रुपमा तयार हुन्छन् । सफ्ट ड्रिंक ब्रांड फेन्टाले हेलोविनको लागि दुनियाँभरका सेफहरुसँग मिलेर एक यस्तो खानेकुरा बनाएको छ जुन खानेकुरा देख्दै डर लाग्छ ।
माथि देखाइएको तस्विर देख्दा भूतको कोठाजस्तो देखिन्छ । तर,यी सबै खानेकुरा हुन् । यो सबै चिज चकलेट, जेली, केक र क्रिमबाट बनाइएको हो । यो देख्दा जति डरलाग्दो देखिन्छ खाँदा त्यत्तिकै स्वादिष्ट हुने बताइन्छ ।



