मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापित
काठमाडौँ । दोस्रो चरणमा आगामी मङ्सिर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रिय सभागृहमा स्थापना गरिएको छ ।
कार्यालय स्थापना अवसरमा काठमाडौँका प्रजिअ केदारनाथ शर्माले निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गराउन आफू प्रतिबद्ध रहेको बताए । मुख्य निर्वाचन अधिकृत रमेशराज पोख्रेलले विगत निर्वाचनबाट सिकेर अबको निर्वाचन भयरहित बनाउन प्रयत्न गरिने बताए । सभागृहमा काठमाडौँ क्षेत्र नं १, २, ३ र ४ का कार्यालय स्थापना गरिएको छ ।
क्षेत्र नंं ५ र ७ को कार्यालय जलविद्युत् आयोजनाको कार्यालय, थापागाउँ, नयाँ बानेश्वर, क्षेत्र नं ६ को कार्यालय जिल्ला समन्वय समितिको कार्यालय बबरमहल, क्षेत्र नं ८ को भूसंरक्षण, विभाग, बबरमहल र क्षेत्र नं ९ र १० को निर्वाचन अधिकृतको कार्यालय अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बबरमहलमा स्थापना गरिएको छ ।
nirbachan office