विदेश

९३ वर्षे अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसमाथि यी अभिनेत्री लगाइन यौन उत्पीडनको आरोप

९३ वर्षे अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसमाथि यी अभिनेत्री लगाइन यौन उत्पीडनको आरोप

काठमाडौं। अमेरिकाका पूर्व राष्ट्रपति जर्ज बुस सिनियरमाथि एक अभिनेत्रीले यौन उत्पीडनको आरोप लगाएकी छन् । ९३ वर्षीय बुस सिनियरले अभिनेत्री हिथर लिन्डले आफूमाथि यौन उत्पीडन गरेको आरोप लगाएकी हुन् ।

उनले पूर्वराष्ट्रपति बुसले ह्वीलचेयरमा बसीबसी आफूलाई छोएको र फोटो खिचाउने क्रममा नराम्रा शब्द प्रयोग गर्दै ख्याल गरेको आरोप लगाएकी हुन् । हिथरले जर्ज बुस सिनियरमाथि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत् यो आरोप लगाएकी हुन् ।

उनले इन्स्टाग्राममा गरेको पोस्ट पछि हटाएकी थिइन् । तर पूर्व राष्ट्रपति बुसका प्रवक्ताले भने जानीजानी कसैलाई पनि दुःख दिने नियतले बुसले केही काम नगरेको दाबी गरेका छन् ।

उनले ख्यालठट्टा गर्ने क्रममा कसैलाई परेको चोटप्रति माफी मागेका छन् ।

विशेष