News

पहिलो पटक श्रीमान मदनको घर पुगिन राष्ट्रपति भण्डारी

पहिलो पटक श्रीमान मदनको घर पुगिन राष्ट्रपति भण्डारी

ताप्लेजुङ । राष्ट्रपति विद्यायादेवी भण्डारी आज ताप्लेजुङ पुगेकी छन् । राष्ट्रपति बनेयता पहिलो पटक भण्डारी गृह जिल्ला ताप्लेजुङ पुगेकी हुन् ।

मैवाखोला गाउँपालिकाको ढुङ्गेसाँघुमा रहेको श्रीमान स्वर्गीय मदन भण्डारीको घरको अवलोकन र पाथीभरा दर्शनको लागि उनी ताप्लेजुङ आएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले जानकारी दिए ।

नेपाली सेनाको हेलिकोप्टरमा आएकी राष्ट्रपति भण्डारी बिहान ९ बजे ताप्लेजुङको नयाँ रणभीम गुल्ममा उत्रिएका थिइन्। गुल्ममा उनलाई जिल्ला स्थित कार्यालय प्रमुखले स्वागत गरे ।

राष्ट्रपति भण्डारी पाथिभराको दर्शन गरेर अहिले आफ्नो पुख्यौँली घरतर्फ लागेकी छिन् । मदनको जन्म घरको अवलोकन गर्ने बताइएको छ । पुख्यौँली घरमा अन्य कुनै विशेष कार्यक्रम छैन । भण्डारी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

विशेष