News

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईको मृत्यु

कार्तिक । त्रिभुवन राजपथ अन्तर्गत धादिङस्थित धुनिवेशी नगरपालिका ९ मा शुक्रबार विहान भएको दुर्घटनामा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

गल्छी वैरेनीबाट काठमाडौं गइ रहेको बा २ ख ७१८२ नम्वरको वालुवा वोकेको ट्रिपरले काठमाडौंवाट नौविसे आइरहेको बा ८२ प ७७९७ नम्वरको मोटर साइकललाई ठक्कर दिदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटर साइकल चालक काठमाडौं बबरमहल वस्ने २१ वर्षीय रामेश्वर सिलवाल र सोहि मोटरसाईलमा सवार काठमाडौं महानगरपालिका –११, त्रिपुरेश्वर वस्ने वर्ष २१ का सलिन तुलाधरको घटनास्थलमै मृत्यु भएको हो । ट्रिपर चालकलाई प्रहरी नियत्रणमा रहेका ईलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक जीवन निरौलाले वताए ।

विशेष