१६ घण्टा लगाएर ४० डाक्टरले यसरी छुट्याए जुम्ल्याहाको टाउको

१६ घण्टा लगाएर ४० डाक्टरले यसरी छुट्याए जुम्ल्याहाको टाउको

भारत। भारतको उडिसामा टाउको जोडिएका दुई बालकको सफल शल्यक्रिया गरिएको छ ।

दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान, एम्सका ४० जना डाक्टरको टिमले १६ घण्टा समय लगाएर जुम्ल्याहा बालक जग्गा र कलियाको सफलतापूर्वक शल्यक्रिया गरी टाउको अलग्याएका हुन् ।

एम्सका अनुसार यो अपरेसन अक्टोबर २५ को बिहान ६ बजेदेखि सुरु गरिएको थियो । टोलीमा २० जना सर्जन, १० जना एनिस्थिसिया विशेषज्ञ संलग्न थिए । सर्जरी गर्न १६ घण्टा र एनिस्थिसियामा २० घण्टा लागेको जनाइएको छ । बुधवार राति पौने नौ बजे दुई बालकको टाउको अलग गर्न चिकित्सकको टोली सफल हो ।

मस्तिष्क र नशा नै एक अर्कामा जोडिएका बालकलाई अलग गर्न थुप्रैं चरणको अपरेसन गर्नुपरेको चिकित्सकको टोलीका न्यूरो सर्जन डाक्टर दीपक गुप्ताले जानकारी दिएका छन् ।

अपरेसनका क्रममा एउटा बालकको हार्ट फेल हुने स्थिति भएको र अर्कोको मृगौलामा असर देखिएको थियो भन्दै उनले मुटुको बाइपास सर्जरी झै बालकको ब्रेनको बाइपास सर्जरी गरिएको बताए । जुम्ल्याहा बालकको उमेर दुई वर्ष चार महिना रहेको छ ।

संम्बधित खबर

विशेष