News

छठमा झण्डा गाड्न गएका युवकलाई जब पोखरीले निल्यो

छठमा झण्डा गाड्न गएका युवकलाई जब पोखरीले निल्यो

राजविराज । छठ मनाउने क्रममा सप्तरीको रुपनी गाउँपालिकाका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ । पोखरीमा डुबेर रुपनी गाउँपालिका–३ कटैयाका १९ वर्षीय भुपेन्द्र साहको डुबेर मृत्यु भएको हो । 

उनले सुरुमा पोखरीको बीच भागमा झण्डा गाडे । त्यसपछि फर्किने क्रममा थाकेर पौडिन सकेनन् । तत्काल उद्धार गरी उपचारका लागि सदरमुकाम राजविराज ल्याउँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो । उनी काठमाडौंमा व्यवस्थापन संकायमा कक्षा १२ मा अध्ययनरत थिए । साह छठ मनाउनकै लागि घर आएका थिए ।

 

विशेष