व्यापार

पशुपालनले बदलीयो ग्रामिण युवाको जीवन

पशुपालनले बदलीयो ग्रामिण युवाको जीवन


सिरहा । अहिले पनि गाउँघरतिर सरकारी जागिरको आकर्षण देखिन्छ तर सरकारी जागिर भनेपछि हुरुक्कै हुने मान्यतालाई कतिपय ठाउँमा युवाले भत्काउँदै गइरहेका छन् ।

त्यस्तै भएको छ सिरहाको इटाटार गाविसमा । यहाँ कतिपय युवाले जागिर छाडेर भने कतिपय वैदेशिक रोजगार छाडेर कृषि पेसा अपनाएका छन् । विगत १८ वर्षदेखि सरकारी जागिरमा रहे पनि मुस्किलले घर व्यवहार चलाउन सकेका मनोज यादव कृषि पेसामा लागेपछि अब अनीसँग कुनै समस्या छैन ।

जीवन खुसी खुसी वितिरहेको छ । सिरहा औरही गाउँपालिका इटाटारका ३९ वर्षीया मनोज यादव आराधान पशुपालन फर्म सञ्चालन गरेर गाईपालन सुरु गरेका छन् ।

जिल्ला विकास समिति (हालको जिल्ला समन्वय समिति) मा आन्तरिक लेखा परीक्षकको रूपमा कार्यरत छन् । तर त्यो जागिरले घरपरिवार धान्न नसकेपछि पशुपालनमा लागेका हुन् । दुई वर्षअघि दुइटा गाईबाट गाईपालन सुरु गरेका उनको गाई फार्ममा १३ वटा गाई रहेका छन् । ती गाईमध्ये छवटाले मात्र दूध दिइरहेका छन् जसबाट दैनिक ६० लिटरभन्दा बढी दूध उत्पादन हुन्छ ।

हालसम्म सो फर्ममा १३ लाखभन्दा बढी लगानी गरेका मनोजले भने, फर्मबाट मासिक वा वार्षिक कति आम्दानी भएको छ त्यसको कुनै हिसाबकिताब छैन तर अब त्यसमा पुँजी लगाउनु परेको छैन । फर्मका आम्दानीले फर्म सञ्चालन तथा घरव्यवहार चलाउन कसैको मुख ताक्नु परेको छैन ।’

फर्म सञ्चानलन नहुँदासम्म जागिरले छोराछोरीका पढाइ खर्च तथा घरव्यवहार चलाउन पनि मुस्किल पथ्र्यो, अब त्यो समस्या अन्त्य भएको उनले बताए । छोराछोरीको पढाइ खर्चदेखि लिएर घर व्यवहार पनि यसैबाट हुने गरेको बताउँदै मनोज यादवले भने, अहिले बचत छैन तर एक वर्षभित्रमा दुई सय लिटर दूध उत्पादन गरी मासिक दुई÷तीन लाख आम्दानी गर्ने लक्ष्य रहेको छ । ’

मनोज यादवका चारजना छोराछोरी छन् । जेठी छोरी बीबीएमा पढ्दैछिन् भने अर्को प्लस टु, अर्को नौ र चार कक्षामा पढी रहेका छन् ।  मनोज यादव फर्म खोले पनि जागिर छाड्ेका छैनन् । फर्मको रेखदेख श्रीमती रामप्यारी देवी यादवले गर्छिन । जागिरको समयबाहेकका समय मनोज आफैँ पनि फर्ममै काम गर्छन् ।

विशेष