त्रिसूली बस दुर्घटना : १९ को शव भेटियो, तीव्रगति नै दुर्घटनाको कारण
काठमाडौं । शनिबार बिहान एकाबिहानै त्रिशुली नदीमा खसेको बसबाट हालसम्म १९ जनाको शव निकालिएको छ । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
राजविराजबाट काठमाडौं जाँदै गरेको ना६ख १४६७ नम्बरको सन्देश ट्राभल्सको सो बसमा कति यात्रु थिए भन्ने स्पष्ट हुन सकेको छैन । यद्यपि, घाइतेहरुका अनुसार बसभित्र र छतमा गरी ५० भन्दा बढी यात्रु रहेको बताइएको छ ।
राजविराजबाट १५ जना यात्रु लिएर गुडेको सो बसले हेटौंडामा आएर पल्टी गरेको थियो । सो बस राति १० बजेतिर हेटौंडा आइपुगेको थियो । त्यसपछि सोही कम्पनीको अर्को ना ६ ख १४६७ नम्बरको बसमा यात्रु चढाएर काठमाडौं पठाइएको थियो ।
सो बस मोडमा मोड्न नसकेर सिधै त्रिशुली नदीमा खसेको देखिन्छ । तिब्र गतिका कारण बस दुर्घटनामा परेको प्रहरीले निष्कर्ष निकालेको छ ।
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले भने, ‘तिब्र गतिमा रहेको बस अनियन्त्रित हुँदै नदीमा खसेको देखिन्छ । यात्रुहरुले तिव्रगतिमा नगुडाउन गरेको आग्रह पनि उनले अस्वीकार गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बस चालक फरार रहेका छन् । कन्डक्टर र खलासी भने नदीमा बेपत्ता भएका छन् ।