News

यी हुन् त्रिसूली बस दुर्घटनाका मृतक र घाइते

यी हुन् त्रिसूली बस दुर्घटनाका मृतक र घाइते
 

धादिङ । राजविराजबाट काठमाडाँै आउँदै गरेको ना ६ ख १४६७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको घाटबेँशीमा त्रिशुली नदीमा आज बिहान खसेर दुर्घटना हुँदा अहिलेसम्म १९ जनाको शव फेला परेको छ । मृत्यु हुने पुरुषको संख्या १२ र महिलाको संख्या सात रहेको र तीमध्ये ९ जनाको सनाखत भएको छ । 

गाडीमा ५५ जना यात्रु रहेकोमा १५ जनाको जीवितै उद्धार गरिएको र १९ जनाको शव फेला परेको र अझै २० जना हराइरहेको अनुमान जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । घटनास्थलमा उद्धार कार्य जारी रहेको र सुरक्षाका तीनवटै निकाय परिचालन गरिएको छ । बसका चालक सन्तोष चौधरी सम्पर्कविहीन रहेका छन् । 

हालसम्म सनाखत भएका ९ जना मृतकको नामावली :

नरेश मुखिया – सप्तरी
शुसान चौधरी – सप्तरी
रमानन्द यादव – सप्तरी
संजित कुमार झा – सप्तरी
सिम्मी कुमारी झा -सप्तरी
आदित्य यादव – सप्तरी
ममता देवी ठाकुर – मधुवन बिहार ईन्डिया
राज कपुर यादब – सिरहा
पार्वती चौधारी – सप्तरी

 दुर्घटनाका घाइतेहरुकाे नामावली

अमन ठाकुर – राजबिराज न पा. – २
श्रवण कुमार ठाकुर – राजबिराज न पा . -२
उद्द्ब ठाकुर – – राजबिराज न पा . -२
दिवस कान्त पन्डित – सिराह भगवानपुर -१
दुर्गा नन्द चौधरी – राजबिराज न पा . -९
दुर्गा नन्द यादब – राजबिराज न पा . -९
नितिदिता चौधरी
सुगम चौधरी
सन्तोश सरदार – सप्तरी राजविराज
मनोज ठाकुर – मधुवन बिहार
गणेश ठाकुर – मधुवन बिहार
गौरी शंकर ठाकुर – मधुवन बिहार
अभिषेक चौधरी – मधुवन बिहार
सुशिल यादब – सप्तरी राजविराज
सुरेन्द्र कुमार यादब – सप्तरी राजविराज

विशेष