News

त्रिसूली बस दुर्घटना : छठ मनाउन गएको एउटा परिवार नै रित्तियो

त्रिसूली बस दुर्घटना : छठ मनाउन गएको एउटा परिवार नै रित्तियो

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ बांगेमोडमा शनिबार विहान रात्रिबस खसेर त्रिसूलीमा डुब्दा एउटा परिवार नै उजाड भएको छ ।

दुर्घटनामा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठी बस्तीका पण्डित रमानाथ झाको सिंगो परिवार नै दुर्घटनामा परेपछि गाउँ नै शोकमा डुबेको छ ।
सो दुर्घटनामा उनका २ छोरा, २ बुहारी, २ नातिसहित उनको परिवारका ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, सो दुर्घटनामा रमानाथ झाका छोराहरु संजितकुमार झा र अंजितकुमार झा, संजितकी श्रीमती सिमी झा र संजितका छोरा अभिनव झाको मृत्यु भएको छ । यस्तै संजितका सालो बिटु झा र ठुली सासुआमा चन्द्रिकादेवी झाको समेत ज्यान गएको छ । संजितका कान्छा छोरा प्रतिक र संजितकी साली पुजा बेपत्ता छिन् । संजित नेपाल बैंक लिमिटेड चावहिल शाखामा सातौं तहमा कार्यरत थिए ।

विशेष