News

त्रिशूलीमा रात्रि बस खस्यो, बससहित २० यात्रु बेपत्ता

त्रिशूलीमा रात्रि बस खस्यो, बससहित २० यात्रु बेपत्ता

धादिङ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशूली नदीमा खसेको छ । आज बिहान करिब ६ बजेतिर सो रात्रिबस त्रिशुली नदीमा खसेको हो । 

प्रहरीका अनुसार, ना६ख १४६७ नम्बरको बस खसेको हो । बसमा कति यात्रु थिए भन्ने पनि एकीन भएको छैन । यद्यपि, २० जना बेपत्ता भएको अनुमान गरिएको छ । दुर्घटना स्थलबाट १५ जना घाइतेलाई उद्धार गरिएको गजुरी प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं ल्याइँदै छ ।

विशेष