मोगादिसुको होटलमा भएको आक्रमणमा २५ जनाको मृत्यु
मोगादिसु । सोमालियाको राजधानी मोगादिसुका दुई ओटा होटल अगाडी शनिबार भएको बम हमलामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ ।
घटनामा परी अन्य ३० जना घाइते भएको प्रहरी अधिकारीलाई उदृत गर्दै अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । लगातार गोली हानाहान भएपछि घाइतेलाई सुरक्षाकर्मीले चाँडोभन्दा चाँडो उद्धार गरेका थिए ।
अतिवादी आतङ्कारी समूह अल शाबाबले घटना आफुहरुले गराएको भन्दै जिम्मेबारी लिएको छ । उनीहरुले आफ्ना लडाकूहरु होटलभित्रै रहेको दावी पनि गरेका छन् । मोगादिसुको अति व्यस्त सहरमा ट्रक बम विस्फोटन भएर ३५० जनाभन्दा बढीको मृत्यु भएको दुई हप्तापछि अर्को विस्फोटनको घटना भएको हो ।
सोमालियाको राजधानी मोगादिसुमा सो विस्फोटनबाट अहिले सम्मकै धेरै क्षती पुर्याएको बताएको छ । सो घटनामा अल शबाबको हात रहेको सोमालिया सरकारले बताउदै आएको छ ।
शनिबार भएका दुई विस्फोटनमध्ये एउटा विस्फोटन भएको केही समयपछि अर्को विस्फोटन भएको थियो ।