News

यी हुन् विश्वका शक्तिशाली पासपोर्ट, पहिलो नम्बरमा सिंगापुर नेपाल ८९ स्थानमा

यी हुन् विश्वका शक्तिशाली पासपोर्ट, पहिलो नम्बरमा सिंगापुर नेपाल ८९ स्थानमा

काठमाडौं । विश्वको सबैभन्दा शक्तिशाली ‘पासपोर्ट’ सिंगापुरको बनेको छ ।

विश्व वित्तीय सल्लाहकार कम्पनि आर्टोन क्यापिटलले जारी गरेको ‘ग्लोबल पासपोर्ट पावर र्‍यांक–२०१७’मा पहिलो नम्बरमा सिंगापुर पर्न सफल भएपछि विश्व कै सबैभन्दा शक्तिशाली ‘पासपोर्ट’ सिंगापुरको बनेको हो ।

र्‍यांकमा सिंगापुरपछि जर्मनी दोस्रो र तेस्रो नम्बरमा स्वीडेन र दक्षिण कोरियाको ‘पासपोर्ट’ शक्तिशाली मानिएको छ । त्यस्तै संसारमा सबैभन्दा कम शक्तिशालि ‘पासपोर्ट’ अन्तिम ९४ नम्बरमा क्रमश अफगानिस्तान, पाकिस्तान र इराक रहेका छन् ।

विश्वभर १९९ देशहरुलाई ९४ नम्बरसम्म र्‍यांकिङमा राखिएको छ । कुनैपनि देशका नागरिकले अन्य देशमा जानको लागि ‘पासपोर्ट’मा दिइने प्रवेशआज्ञाको सेवा, शर्त, र निशुल्क प्रवेशआज्ञाको आधारमा उक्त र्‍यांकिङ गरिएको छ । 

यस र्‍यांकमा भने नेपाल ८९ औं नम्बरमा रहेको छ । ८९ औं नम्बरमा नेपालसहित श्रीलंका, इरान र सुडानका ‘पासपोर्ट’ शक्ति बराबरी रहेको छ । त्यस्तै, छिमेकी मुलुक भारत भने ७५ औं नम्बरमा रहेको छ ।

विश्वमा प्रमुख १० शक्तिशाली ‘पासपोर्ट’मा अधिकांश युरोपियन देशहरु रहेको आर्टोन क्यापिटलले उल्लेख गरेको छ । आर्टोन क्यापिटलका अनुसार यसअघि सबैभन्दा शक्तिशाली ‘पासपोर्ट’ जर्मनीको रहेको थियो भने सिंगापर दोस्रो नम्बरमा रहेको थियो । तर, गतवर्ष पराग्वेले सिंगापुरका नागरिकलाई आफ्नो मुलुक आउन प्रवेशआज्ञा नचाहिने ब्यबस्था गरेपछि सिंगापुरको ‘पासपोर्ट’ सबैभन्दा शक्तिशाली बनेको हो ।

विशेष