व्यापार

३० महिनादेखि बन्द एभरेष्ट होटल खुल्ने

३० महिनादेखि बन्द एभरेष्ट होटल खुल्ने

काठमाडौं । भूकम्प र आन्तरिक समस्याले ३० महिनादेखि बन्द पाँच तारे होटल ‘दी एभरेस्टु पुनः सञ्चालन गरिने भएको छ। यसका लागि होटल मर्मत गर्ने तयारी गरिएको छ। होटल व्यवस्थापनले क्षतिग्रस्त होटल मर्मतका लागि परामर्शदाता नियुक्ति गरिसेकेको छ। होटल मर्मतका लागि परामर्शदाताले काम थालेसँगै होटलका पुराना कर्मचारीले विरोध थालेका छन् ।

गत साता कर्मचारीको विरोधपछि होटल व्यवस्थापनलले सुरक्षा माग गर्दै पर्यटन विभागमा पत्र पठाइएको थियो। होटल व्यवस्थापनको मागअनुसार जिल्ला प्रशासन कार्यालयमा सुरुक्षा उपलब्ध गराइदिन अनुरोध गर्दै पत्र पठाइएको विभागका महानिर्देशक दिनेश भट्टराईले बताए। पर्यटन विभागले २०७२ जेठमा रोतो स्टिकर लगाइदिएपछि होटल व्यवस्थापनले होटल बन्द गरेको थियो। होटल बन्द भएको साढे दुई वर्षपछि व्यवस्थापनले मर्मत प्रक्रिया अघि बढाएको हो। बिमा दाबी विवादित भएपछि होटलको मर्मत र सञ्चालनको काम रोकिएको थियो।

स्रोतका अनुसार होटलले भवन पूर्णक्षति भएको भन्दै ठूलो रकम क्षतिपूर्तिबापत दाबी ग‍रेको थियो। तर, बिमा कम्पनीले सामान्य क्षतिमात्र पुगेको भन्दै दाबी भुक्तानी गर्न इन्कार गरेपछि होटलको मर्मत हुन सकेको छैन। अहिले भने होटल व्यवस्थापन र बिमा कम्पनीबीच बिमा रकमका विषयमा दुईपक्षीय छलफल सुरु भएको स्रोत बताउँछ। एभरेस्टको व्यवस्थापनले ३९ करोड ७० लाख रुपैयाँ बिमा दाबी गरेको थियो। व्यवस्थापनले अवधैरूपमा सञ्चालन भएको क्यासिनो बन्द गर्दै होटल मर्मत गर्ने भएको छ।

बिमा कम्पनीको सर्भेयरले ‘स्ट्रक्चरु मा क्षति नपुगेको भन्दै सामान्य मर्मत गरी होटेल सञ्चालन गर्न सकिने प्रतिवेदन दिएपछि विवाद सुरु भएको थियो। स्रोतका अनुसार बिमा कम्पनी ९ओरियन्टल इन्सुरेन्स० विज्ञ ९स्ट्रक्चरल इन्जिनियर० मार्फत निरीक्षण गर्दा पनि होटेलको दाबी स्थापित हुन सकेको थिएन।
स्थानीयले समेत होटेलले बढी बिमा दाबी गर्न खोजेको भन्दै २०७२ असारमा बिमा समितिमा ज्ञापनपत्र बुझाएका थिए। होटेल र क्यासिनोबीचको सार्वजनिक बाटो पर्खाल लाएर अनधिकृत कब्जा गर्न खोजेपछि स्थानीय र होटेलबीच सम्बन्ध राम्रो थिएन। स्थानीयको उजुरीमा महानगरले पर्खाल भत्काएर बाटो खुलाएको थियो।

बिमा कम्पनीको सर्भेयरले ‘स्ट्रक्चरु मा क्षति नपुगेको भन्दै सामान्य मर्मत गरी होटेल सञ्चालन गर्न सकिने प्रतिवेदन दिएपछि विवाद सुरु भएको थियो। तर, व्यवस्थापनले अवधैरूपमा सञ्चालन भएको क्यासिनो बन्द गर्दै होटल मर्मत गर्ने भएको छ। व्यवस्थापनलले पुराना कर्मचारीसँग पनि सहमति गरेर होटल सञ्चालनको तयारी गरेको छ।

बन्दको घोषण हुने बेलासम्म होटेलमा दुई ७७ जनाले काम गरिरहेका थिए। रातो स्टिकर टासिएपछि जेठ ३१ गते होटेलको व्यवस्थापनले भवन पुनर्निर्माण गर्नुपर्ने भन्दै कर्मचारी कटौतीको सूचना गरेको थियो। होटेलको सूचनाबिरुद्ध एक सय ५६ जना अहिले पनि आन्दोलनमै छन्। अन्यले भने श्रम ऐनअनुसार पाउने पारि श्रमिक लिएर बिदा भएका थिए। होटलको सुरक्षामा ११ जना गार्ड छन् ।

अन्नपूर्ण 

विशेष