News

फेरि हुने भयो पेट्रोलियम पदार्थको हाहाकार, यस्तो छ कारण

फेरि हुने भयो पेट्रोलियम पदार्थको हाहाकार, यस्तो छ कारण

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सरकारले आफ्ना दुई सूत्रिय माग पूरा नगरे आगामी बुधबारदेखि मुलुकभर पेट्रोलियम पदार्थको लोड अनलोड नगर्ने चेतावनी दिएको छ ।

महासंघले खारेज गरिएको ट्याङकर पुन सञ्चालनमा आएकाले ति ट्याङ्करलाई तत्काल खारेज गर्नुपर्ने र ढुवानी नियमावली पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने माग सरकारसमक्ष राखेको छ । महासंघका दुई सूत्रिय माग सरकारले पूरा नगरे बुधबारदेखि मुलुकभर पेट्रोलियम पदार्थको लोड अनलोड अनिश्चितकालागि बन्द गरिने महासंघका कार्यवाहक अध्यक्ष गुणराज निरौलाले बताए । उनका अनुसार सरकारले बिगतमा खारेज गरेका ट्याङकर हाल पुनः सञ्चालनमा आएपनि कारबाहीमा बेवास्ता गरेपछि व्यवसायी आन्दोलित भएका हुन् ।

विशेष