News

त्रिशूली बस दुर्घटना : दुर्घटनाको खबर सुन्दा गाडी चालक नै छांगाबाट खसेजस्तै भए

त्रिशूली बस दुर्घटना : दुर्घटनाको खबर सुन्दा गाडी चालक नै छांगाबाट खसेजस्तै भए

काठमाडौं । शनिबार एकाविहानै राजविराजबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस पृथ्वी राजमार्गको त्रिशूलीमा खसेको हल्ला फैलियो । वास्तवमा त्यो हल्ला थिएन, यथार्थ थियो । 

तर अर्काे सत्य के रहेछ भने जुन गाडी त्रिशूली नदीमा खसेको थियो, त्यो गाडी राजविराजबाट आएको थिएन । सो गाडी त्यसै दिन काठमाडौंबाट राजविराजतर्फ जाँदै थियो ।

राजविराजबाट काठमाडौं आएका यात्रुहरु ना६ख १४६६ नम्बरको गाडीमा चढेका थिए । तर दुर्घटनामा प-यो ना६ख १४६७ नम्बरको गाडी । गाडी दुर्घटनाको खबरले आफन्तहरु सोधीनिती गर्न थाले । केहीले गाडीको नम्बर हेरे । तर दुर्घटनामा परेको गाडी अर्कै अर्थात ना६ख १४६७ थियो ।

भएको के थियो भने, ना६ख १४६६ नम्बरको गाडीको पट्टा हेटौंडामा आएपछि सो गाडी काठमाडौं आउन सक्ने स्थितिमा रहेन । त्यसका चालक रामचन्द्र मुखियाले गाडी मालिक सुशील मुखियालाई जानकारी गराए । उनले सन्देश ट्राभल्सकै आफ्नो अर्काे गाडी हेटौंडामा आइपुग्न लागेको बताए । उनले काठमाडौंबाट आएको गाडीमा राजविराजका यात्रुहरुलाई राख्न भने र सो गाडी काठमाडौंमा फर्कियो । राजविराजबाट आएको गाडी भने मर्मतपछि चालक रामचन्द्रले राजविराजतर्फ लगे ।

चालक रामचन्द्रले भने, ‘राजविराजबाट शुक्रबार साँझ ६ः३० बजेतिर ना६ख १४६६ नम्बरको रात्रिबस ‘सन्देश ट्राभल्स’ लिएर काठमाडौं हिँडेको थिएँ । राजविराजमा १५ र बाटोमा २४ यात्रु चढेका थिए । राति २ बजेतिर हेटौंडा पुग्नै लाग्दा अचानक गाडीको पत्ता भाँचियो । गाडी अनियन्त्रित हुन खोज्यो । त्यसैले गाडी तत्कालै सडक किनारमा रोक्यौं । म र खलासी मो. जाहिर गाडीमुनि छिरेर पत्ता चेक ग-यौं । तीन÷चारवटा पत्ता भाँचिसकिएकाले मर्मत नगरी काठमाडौंसम्म जाने अवस्था थिएन । त्यसैले, गाडीमालिक सुशील मुखियालाई तत्कालै फोन गरी सबै जानकारी गरायौं ।’

चालक मुखियाले काठमाडांैबाट राजविराजका लागि छुटेको आफ्नै कम्पनीको बा६ख १४६७ नम्बरको गाडी हेटौंडा पुग्नै लागेको जानकारी गराउँदै सोही गाडीमा सबै यात्रु हाल्ने आदेश दिएको बताए । उनले राति २ बजेर १० मिनेटतिर उक्त गाडी हेटांैडा आइपुगेको र सो गाडीका सबै यात्रुलाई त्यसैमा राखेको, काठमाडौंबाट आएको गाडीका यात्रुलाई आफूले ल्याएको बताए । उनले भने, ‘बिहान राजविराज पुग्दा मैले यात्रु हालेको गाडी धादिङमा त्रिशूली नदीमा खसेर दुर्घटनामा परेको खबर सुने, यो सुन्दा छानाबाट खसेजस्तै भयो । हेटौंडामा मैले आफ्नो गाडीबाट ३९ यात्रुलाई ओरालेर सो गाडीमा चढाएको र पहिलेदेखि नै त्यहाँ रहेका केही यात्रु पनि सो गाडीमा चढेको देखेको थिएँ ।’

विशेष