News

शारिरीक सम्पर्क राखेको आरोपमा प्रहरी जवान पक्राउ

शारिरीक सम्पर्क राखेको आरोपमा प्रहरी जवान पक्राउ

रौतहट । प्रहरी जवानले कार्यकक्ष भित्रै महिलासँग शारिरीक सम्पर्क राखिरहेको अवस्थामा रंगेहात पक्राउ परेका छन् । रौतहटको डुमरिया इलाका प्रहरी कार्यालयका ड्युटीमा रहेका प्रहरी जवान मनोज महतो बर्दीमा नै गाउँकै एक महिलासँग शारिरीक सम्पर्क राखिरहेको अवस्थामा फेला परेका हुन् ।

बसन्तपुरमा विजया दशमीको उपलक्ष्यमा लागेको मेला हेरेर राति करिब साढे १० बजे फर्किंदै गरेकी गाउँकै एक महिलासँग पहिलाको चिनजान भएकाले सेन्ट्री ड्युटीमा रहेका मनोज महतोले गफगाफ गरिरहेको बेला गाउँका मान्छेहरु आएर समातेको दावी प्रहरीले गरेको छ ।

तर स्थानीयबासीले भने होटल र लजमा वेश्यावृती नियन्त्रण गर्न भन्दै बेलाबेलामा छापा मार्ने प्रहरी स्वयम् आफ्नो कार्यालयभित्रै यौनधन्दामा लागेको भन्दै आरोप लगाएका छन् । स्थानीयबासीले प्रहरी जवान महतोलाई कारबाहीको माग राख्दै २ घण्टासम्म प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।

प्रहरी जवानसँग रंगेहात समातिएकी भनिएकी ति महिला वेश्यावृतीमा संलग्न रहेको स्थानीयको दाबी छ । जवानसहित महिलालाई हिरासतमा लिएर कारवाही प्रक्रिया अघि बढाएको प्रहरीले जानकारी दिएको छ ।

विशेष