News

गोपाल खड्का मन्त्रालय तानिए

गोपाल खड्का मन्त्रालय तानिए

काठमाडौं। नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का मन्त्रालय तानिएका छन् ।

इन्धन भन्डारणका लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हितविपरीत कार्य गर्नसक्ने भन्दै आपूर्ति मन्त्रालयले सोमबार मन्त्रालयमा तान्ने निर्णय गरेको हो ।

अनियमितताको आरोपमा मन्त्रिपरिषदको निर्णयबाट बर्खास्तीमा परेका खड्का अदालतको आदेशपछि निगममा हाजिर भएका थिए । खड्कालाई मन्त्रालयमा तान्ने निर्णय भएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।

खड्कालाई निगममै राखिराख्दा थप क्षति हुने भन्दै पूर्वमन्त्री शिवकुमार मण्डल र सचिव कृष्णप्रसाद देवकोटाले मन्त्रालय तान्नका लागि निर्वाचन आयोगबाट अनुमति लिएका थिए ।

संसदीय समितिहरुले खड्काले अनियमितता गरेको भन्दै कारबाही गर्न सिफारिस गरेपछि सरकारले खड्कालाई बर्खास्त गरेको थियो ।

विशेष