पाँडे र जिग्रीले फिल्म बनाउने, निश्चल बस्नेत निर्देशक

पाँडे र जिग्रीले फिल्म बनाउने, निश्चल बस्नेत निर्देशक

काठमाडौं । चलचित्र नगरीमा यतिबेला कमेडी विषय बिकाउ भएको छ । छक्कापञ्जा–२ को कीर्तिमानी व्यवसायसँगै चलचित्र क्षेत्र पुनः एकपटक कमेडिमय भएको छ ।

अधिकांश निर्माता–निर्देशकहरू अहिले कमेडी चलचित्रकै तयारीमा जुटेका देखिन्छन् । यस क्रममा हास्यश्रृंखला भद्रगोलका कलाकारहरूसमेत कमेडी चलचित्रको निर्माणमा जुटेका छन् । कुमार कट्टेल जिग्री तथा अर्जुन घिमिरे पाँडेले हास्य प्रधान चलचित्र निर्माण गर्ने घोषणा गरेका छन् ।

चलचित्रका मुख्य कलाकार तथा निर्माता अर्जुन घिमिरे पाँडेले चलचित्रको स्क्रिप्ट तयार भैसकेको बताएका छन् । ‘निर्देशकका रूपमा निश्चल बस्नेतलाई लिएका छौं, गैरीधारास्थित स्टेसन फाइभमा भेटिएका कुमार कट्टेलले बताए– ‘निर्देशकसँग बसेर चलचित्रको स्क्रिप्ट फाइनल गर्दैछौं, सकेसम्म छिट्टै छायांकनमा जानेछौं ।’

 

संम्बधित खबर

विशेष